प्रधानमन्त्री नियुक्ति प्रक्रिया: ..त्यतिबेला गिरिजाले पनि यही विधि अपनाएका थिए

पत्रपत्रिकाबाट

शुक्रबार, ०४ फागुन २०७४, ०७ : ३५
प्रधानमन्त्री नियुक्ति प्रक्रिया: ..त्यतिबेला गिरिजाले पनि यही विधि अपनाएका थिए

काठमाडौं । शेरबहादुर देउवाले राजीनामा दिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको सपथ खुवाएपछि यसबारे बहस चलेको खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले प्रधानमन्त्रीको सपथ प्रक्रिया असंवैधानिक नभएको बताएका छन् ।

उनले निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम बुझाइसकेपछि संसदको बैठक बोलाएर मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने कतै नलेखिएको बताए ।

मैनालीले भने, 'प्रधानमन्त्रीको हकमा यस्तो गर्न मिल्छ तर, संविधानमा धेरै कुरा प्रष्ट नहुँदा यस्ता विवाद आउने गर्छन् ।'

एसोसिएसनकै अर्का पूर्वअध्यक्ष प्रमबहादुर खड्काले ओलीले प्रधानमन्त्री बन्न हतार गरेको बताए । 'संसद बैठक बोलाएर बिस्तारै प्रधानमन्त्री भएको भए सर्वसाधारणमा पनि बुझ्न सजिलो हुन्थ्यो अलिक हतार भयो कि', खड्काले भने, 'संवैधानिक प्रक्रिया नपुर्याएको त होइन तर नयाँ अभ्यासजस्तो भयो ।'

समाचारमा लेखिएको छ, खड्काले २०४८ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले पनि यही विधि अपनाएको बताए ।

प्रतिक्रिया दिनुहोस