काठमाडौं । काठमाडौं, सुर्खेत, कपिलवस्तु, उदयपुर र मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न लागूऔषध तथा लागूऔषध खरिदविक्री गर्न प्रयोग भएको नगद समेत प्रहरीले वरामद गरेको छ ।
काठमाडौंको कोटेश्वरबाट अवैध लागूऔषध गाँजा २ केजी र नगद ८ लाख ६४ हजार ७ सय २० रुपैयाँसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका-७ घर भई हाल कोटेश्वर बस्ने २१ वर्षीय अबिनाश साह, धादिङ घर भई हाल ललितपुर पुल्चोक बस्ने २८ वर्षीया बिन्दु तामाङ र सुनसरी सप्तकोशी घर भई हाल कोटेश्वर बस्ने ३० वर्षीया संगिता यादव रहेका छन् । महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतको बीरेन्द्रनगर नगरपलिका-८ बस्ने राकेश गन्धर्व लगायत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर३ ग्राम २ सय ४० मिलिग्राम, नाइट्रोभेट४५ ट्याव्लेट र नगद ४६ हजार २ सय ९० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राकेशको घरमा लागूऔषध बिक्रीबितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई लागूऔषध बिक्रीबितरण गरिरहेको अवस्थामा उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यता कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध चरेश करिब ७ केजी ५ सय ग्राम सहित शिवराज नगरपालिका-९ बिजौरी बस्ने २६ वर्षीया योजना न्यौपाने समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुरको बेलका नगरपालिका-३ चिलिया टप्पु बस्ने २९ वर्षीय श्याम माझी समेत ७ जनालाई पनि प्रहरीले अवैध लागूऔषध गाँजा करिब ४ केजी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित कैलाश गाउँपालिका-६ भार्ताबस्ने ३२ वर्षीय सुशिल कुमार स्याङ्वोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले नारायणगढबाट बीरगंजतर्फ जाँदै गरेको ना. ६ ख ५३२नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार स्याङ्वोलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्री५३य समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०७६, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आरोपमा छुट्टाछुट्टै जिल्लामा तीन जना पक्राउ
झापा र इलामबाट लागुऔषधसहित ५ जना पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
नागढुंगामा बस चेक गर्दा १२ किलो चाँदीका गहना बरामद, सहचालक पक्राउ
मोबाइल लुटमा संलग्न ३ जना पक्राउ