राजनितिक माग पुरा गराउन शैक्षिक हड्तालको नाममा विद्यार्थीको भविष्यसंग किन खेलवाड ?

सफल खबर संवाददाता

बुधबार, १४ फागुन २०७६, २२ : २७
राजनितिक माग पुरा गराउन शैक्षिक हड्तालको नाममा विद्यार्थीको भविष्यसंग किन खेलवाड ?

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूहले एक्कासी गरेको शैक्षिक हडतालले आज बुधबार विद्यार्थीको पठनपाठन ठप्प भएको छ । देशभरिका अधिकांश विद्यालय  ठप्प बन्यो । विद्यालय तथा क्याम्पस बन्द हुंदा विद्यार्थीहरु दिनभरि खेलेकुद गरेर दिन कटाउन बाध्य भए ।

विप्लव समुहले जनआन्दोलन दिवसको अवसर पारेर  राज्यबाट आफ्‍ना कार्यकर्ता पक्राउ गरेको र छाड्न दबाब दिन भन्दै शैक्षिक हडताल घोषणा गरेको थियो । शैक्षिक हडतालले गर्दा राजधानी काठमाडौं सहित देशभरिका अधिकांश विद्यालय तथा क्याम्पस बन्द हुँदा विद्यार्थी र अभिभावकले दुःख पाएका थिए । यता कलेज तथा क्याम्पसका विद्यार्थीले भने हल्लाकै भरमा पढ्न नगएको र विद्यालय तथा क्याम्पसहरु पनि स्वस्र्फुत बन्द भएका थिए ।  देशभर विद्यालय तहमा ७२ लाख विद्यार्थी अध्ययनरत छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अनुसार आकस्मिक शैक्षिक हडतालले बालबालिकाको नैसर्गिक पढ्न पाउनुपर्ने अधिकार एकातिर कुण्ठित भएको छ भने अर्कातिर बालबालिकालाई मानसिक रुपमा तनाव सिर्जना गरेको जनाएको छ ।  । विद्यालय तथा क्याम्पसहरुले सामाजिक सञ्जालमा देखिएको सूचनाको भरमा अचानक विद्यालय गरेको छ ।

राजधानी काठमाडौंमा सबभन्दा धेरै विद्यार्थी प्रभावित भएका छन् । पूर्वजानकारी नहुँदा अभिभावकले छोराछोरीलाई विद्यालय पुर्‍याएर फर्काएका थिए । त्यसैगरी बसबाट आउजाउ गर्ने विद्यार्थी भने विद्यालयले गाडी नपठाएपछि फर्किएका थिए ।

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा राजनीतिक मागलाई लिएर गरिने बन्द हडतालबारे अग्रिम जानकारी नपाउँदा अभिभावक र विद्यार्थीले दुःख पाएको बताए । ‘शैक्षिक सत्र सकिने बेलामा विद्यालयको पठनपाठन क्रम, परीक्षाको तयारी, अतिरिक्त क्रियाकलाप एक्कासी रोकिनु जायज होइन,’ सामाजिक सञ्जालमार्फत् शैक्षिक हडतालबारे जानकारी पाएको उल्लेख गर्दै उनले भने, ‘चरणबद्ध आन्दोलन रहेछ भन्ने बुझियो ।

सरकार र सरोकारवाला संस्थाले २०६८ सालमै ‘विद्यालय शान्ति क्षेत्र’ भएको घोषणा गरेका थिए । चन्द समूहले आफ्ना राजनीतिक मागलाई लिएर चालू शैक्षिक सत्र वैशाखयता चार पटक शैक्षिक हडतालका नाममा विद्यालयहरु बन्द गराएका छन् । विद्यार्थीको भविष्यसंग खेलवाड हुने गरि बारम्बार शैक्षिक हडताल हुदा पनि राज्यले त्यो रोक्न पहल गर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस