काठमाडौं । ईश्वर पोखरेलले सरकारले अमेरिकासँग जी टु जी प्रक्रियाबाट एम १६ हतियार किन्ने बताएका हुन् । रक्षा मन्त्रालय सम्हालेको २ वर्ष पुगेको अवसरमा मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले हतियार किन्ने निर्णय भएपनि प्राविधिक कारणले ढिलाई भएको बताए ।
रकम भूक्तानीको प्रक्रियाबारे टुङ्गो लगाउन बाँकी रहेकाले ढिलाई भएको बताउँदै उनले हतियार किन्ने कुरा साँचो भएको बताए ।
मन्त्री पोखरेलले पत्रकारले राखेको जिज्ञासामा अमेरिकी सहयोग परियोजना एमसीसीमा सेनाको भूमिका राखिएको वा नराखिएको बारे अध्ययन गरिने भन्दै नेपाली सेना अन्तर्राष्ट्रिय वा क्षेत्रीय रुपमा कुनै अर्को पक्षसँगको सैन्य गठबन्धनमा सहभागी नहुने बताए । उनले क्षेत्रीय वा विश्वब्यापी कुनै पनि सैन्य गठबन्धनमा रहेर काम नगर्ने घोषित नीति भएको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०७६, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल