कसरी चुहियो सचिवालयको त्यो गोप्य निर्णय ?

वामदेवका लागि इश्वर पाखेरेल जहिल्यै अवरोधक

सफल खबर संवाददाता

सोमबार, १२ फागुन २०७६, ०९ : १४
कसरी चुहियो सचिवालयको त्यो गोप्य निर्णय ?

काठमाडौं । नेकपा सचिवालयले शनिबार एउटा निर्णय ग¥यो–संविधान संसोधन गृहकार्यका लागि कार्यदल गठन गर्ने । उपाध्यक्ष वामदेव गौतमले उठाउँदै आएको माग सम्बोधनका लागि संविधान संसोधनमा गृहकार्य गर्ने निर्णय नेकपाले गरेको हो ।

वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बन्यो । कार्यदल गठनको विषय पार्टी सचिवालय र सम्बन्धित सदस्य बाहेक अहिलेलाई गोप्य राख्ने र कार्यदलले गोप्य रुपमै काम गर्ने समझदारी सचिवालयमा थियो ।

आवश्यकताका आधारमा पार्टी शीर्ष नेतृत्वले प्रतिपक्ष काँग्रेस लगायतसँग पनि अनौपचारिक छलफल गर्दै जाने विषयमा समझदारी थियो । सोही अनुसार, पार्टीले कार्यदल गठन गर्ने निर्णय ग¥यो । त्यस्तो निर्णय गरिरहँदा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली मौन थिए । ओली मौन बस्नुको दुई रणनीति थिए , पहिलो आफनो असन्तुष्टि र दोश्रो असन्तुष्टि जनाउदा पनि पार्टी सचिवालयमा यो निर्णयमा हावी हुन नसक्नु ।

जसका कारण ओली सचिवालयले गरेको यो निर्णयमा नबोली मौन बसिदिए । जब सचिवालयले यो निर्णय ग¥यो, ओली क्याम्पमा भने हलचल पैदा गरिदिएको थियो । अप्रत्यासित निर्णय भन्दै यो निर्णय कार्यान्वयनमा नजादैं कसरी तुहाउने भन्ने योजना ओली समुहमा बन्यो । त्यसै अनुसार गुपचुप गोप्य राख्ने गरी गरिएको निर्णय आइतबार एकाएक सार्वजनिक भयो ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार, गोप्य राख्ने भनिएको यो निर्णय सचिवालय सदस्य इश्वर पोखरेलले सार्वजनिक गरिदिएका थिए । उनले आफु निकट केही पत्रकारलाई प्रयोग गरेर यो निर्णय सार्वजनिक गरिदिए र कार्यदल नजन्मिदै तुहाउने योजनामा लागे । यसमा पोखरेलका आफ्नै स्वार्थ थिए । वामदेव राष्ट्रिय सभामा जानका लागि उनले संविधान संसोधन गर्नुपर्ने अडान लिईरहेका थिए ।

उनको माग अनुसार संविधान संसोधन भई राष्ट्रिय सभामा गौतमको इन्ट्री भएमा त्यसको सिधा प्रत्यक्ष असर भने आफुमा पर्ने ठानी पोखरेलले सचिवालयको यो निर्णय तुहाउने भित्री योजना बन्न थाले । सचिवालयले गोप्य राख्ने भनी गरेको निर्णय सार्वजनिक गरिदिँदा आलोचना बढ्ने र वामदेवको राष्ट्रिय सभा प्रवेशको वाटो सकभर रोकिन सक्ने ठानी पोखरेलले गोप्य राख्ने यो निर्णय सार्वजनिक गरिदिएका हुन् ।

पोखरेललाई वामदेव संघीय संसद अन्र्तगतको राष्ट्रिय सभा छिरे भने निकट दिनमै सक्दा प्रधानमन्त्री र नसक्दा ओली पछिकै दोश्रो वरियतामा शक्तिशाली मन्त्रालय सहित उपप्रधानमन्त्री बनेर आफु माथी आउन सक्ने लागेको छ । त्यही भएर पनि उनी गौतमलाई जसरी पनि रोक्न चाहन्छन् । एउटा ब्यक्तीका लागि संविधान संसोधन गर्ने काम गलत हुने र त्यसको विरोध थेग्न नसकेर पार्टी निर्णयबाट पछि हट्ने ठानी चलाखीपूर्ण ढंगले उनले गोप्य राख्ने भनी गरेको त्यो निर्णय सार्वजनिक गरिदिएका थिए ।

निर्णय सार्वजनिक गरेपछि आलोचना बढ्न सक्ने ठानी नेकपाले यस विषयमा खास प्रतिक्रिया दिएका छैनन्  । ओली पक्षधर नेताहरु छलफल सम्म भएको तर निर्णयका रुपमा नआएको बताउन थालेका छन् । सचिवालयका ति सदस्य भन्छन्, –‘कार्यदल गठन भएको हो, तर पहिले नै निर्णय गोप्य राख्ने भनेपनि सार्वजनिक भएपछि भने पार्टी नेताहरु यस विषयमा बोल्न नचाहेका मात्र हुन् ।’

पोखरेल तिनै पात्र हुन्, जसले यस अगाडी सचिवालयमै वामदेव काठमाडौं ७ बाट रामवीर मानन्धरको स्थानमा चुनाव लड्ने गरि सचिवालयमा भएका सबै छलफल पनि निर्णयमा नपुग्दै सार्वजनिक गरिदिएका थिए । त्यसपछि चर्काे विरोध भएपछि वामदेव ब्याक हटेका थिए । अहिले पनि पोखरेलले त्यही बेलाकै जस्तो रणनीति अनुसार नै कार्यदल गठनको निर्णय सार्वजनिक गरिदिएका हुन् ।

नेकपाले कार्यदल गठन गरेको निर्णय सार्वजनिक पछि यसको चर्काे आलोचना शुरु भएको छ । अब, यो निर्णयमा नेकपा अडिन्छ या नजन्मिदै निर्णयबाट पछि हट्छ ? यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस