काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
शनिबार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरे पनि यो निर्णय सार्वजनिक गरिएको थिएन । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा सो कार्यदल गठन भएको हो । नेकपा स्रोतले दिएको जानकारीअनुसार कार्यदलको सदस्यमा नेकपा संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा छन् ।
नेकपा उपाध्यक्ष रहेका वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने चर्चा लामो समयदेखि चलिरहेको छ । तर, गौतमले राष्ट्रियसभा सदस्य पनि प्रतिनिधिसभा सदस्यजस्तै प्रधानमन्त्री हुने गरी संविधान संशोधन भए मात्रै आफू राष्ट्रियसभा सदस्य स्वीकार गर्ने बताउँदै आएका छन् ।
तर, कार्यदल सदस्य रहेका नेम्वाङले संविधान संशोधनका लागि कार्यदल गठन भएको बारेमा आफूलाई जानकारी नभएको बताए । आफूलाई कुन कार्यदलको सदस्य बनाएको हो भनेर आधिकारिक रूपमा जानकारी नदिइएको पनि उनले बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ फागुन २०७६, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग