हेटौँडा । गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताउनुभएको छ । गृहमन्त्रालयद्वारा हटौंडामा आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्नुहुँदै उहाँले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको छ भन्नुभयो ।
मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्रयाउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको छ ।”
गोष्ठीमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल सहभागी हुनुहुन्छ । गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।
गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृत, प्रदेशका १३ वटै जिल्लाका प्रजिअहरुको सहभागिता गोष्ठीमा रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गृहमन्त्रीबारे सदनमा प्रधानमन्त्रीको जवाफ राज्य संयन्त्रले दिएको तथ्य हो : सांसद सापकोटा
गृहमन्त्रीलाई कांग्रेसको प्रश्न- निर्दोष भए किन भागेर हिँड्नुपर्यो ?
गृहमन्त्री लामिछानेले राजीनामा दिएर छानबिनलाई सहयोग गरे हुन्छ : प्रकाशमान सिंह
निर्वाचन आयोगद्वारा राखिएका विषय व्यवहारिक छन् : गृहमन्त्री लामिछाने
गृहमन्त्री लामिछानेलाई भेट्न पुगे मेयर बालेन
गृहमन्त्री लामिछानेलाई संसदको रोस्टममा जान नदिने कांग्रेसको निर्णय