एकाएक श्री एयरलाइन्सको जहाज बिग्रेपछि...

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०७६, ०९ : ४०
एकाएक श्री एयरलाइन्सको जहाज  बिग्रेपछि...

file photo

काठमाडौं ।  काठमाडौंबाट नेपालगंज जान लागेको श्री एयरलाईन्सको जहाज स्टार्ट भएर उडने तरखरमा रहेको बेला एक्कासी बिग्रेर एयरपोर्टमै थन्किएको छ ।

विमान नै रोकिएपछि त्यसमा केसी सरकारी उच्च अधिकारी समेत सवार हुँदै थिए । अहिले सबै यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । बिमान उडिसकेर आकाशमा बिग्रेको भए के हुन्थ्यो भन्दै  त्रसित समेत भएका छन् ।

उनीहरुले यो विमान व्यवस्थापनको गम्भीर लापरवाही भएको भन्दै सरकारले छानविन गर्नुपर्ने बताउदैं आएका छन् ।

प्रतिक्रिया दिनुहोस