फागुन अन्तिमदेखि इम्बोस्ड नम्बर फेरि खुला

पत्रपत्रिकाबाट

शनिबार, १० फागुन २०७६, ०७ : ३१
फागुन अन्तिमदेखि इम्बोस्ड नम्बर फेरि खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ । अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

सवारीसाधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत हेर्न मिल्ने गरी दुई वर्षअघि इम्बोस्ड नम्बर प्लेटको वितरण गरिएको थियो ।

२०७४ भदौ ५ गतेबाट औपचारिक रूपमा इम्बोस्ड नम्बर प्लेट वितरण भएको थियो तर सर्वोच्च अदालतले ०७४ फागुन १० गते सवारीसाधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो ।

इम्बोस्ड प्लेटको विरुद्धमा परेको रिट सर्वोच्चले गत मङ्सिर २७ गते खारेज गरेपछि विभागलाई बाटो खुलेको हो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस