साना वन्यजन्तुको तस्करी किन बढ्दै ?

पत्रपत्रिकाबाट

शनिबार, १० फागुन २०७६, ०७ : २४
साना वन्यजन्तुको तस्करी किन बढ्दै ?

file photo

काठमाडौ । नेपालमा ठूला वन्यजन्तुको तस्करी र चोरी सिकार केही कम भए पनि प्रकृतिमा समान अस्तित्व राख्ने साना वन्यजन्तुको तस्करी भने नियन्त्रणमा आउन सकेको छैन ।

सङ्गठित अपराधका रूपमा वन्यजन्तु तस्करको जालो विश्वभर कायम रहँदा वन्यजन्तु चोरी तस्करीमा कमी आउन नसकेको हो । एक तथ्याङ्क अनुसार विश्वभर २० करोड डलरभन्दा बढीको वन्यजन्तु तस्करीको कारोबार हुने गरेको छ । जसमध्येको ठूलो हिस्सा दक्षिण एसियाली मुलुकमार्फत हुने गरेको छ ।

अवैध गतिविधि रोक्दै संरक्षणमा भारतसँग साझेदारी गर्न नेपाल र भारतबीच दुई देशीय सम्झौता गर्ने तयारी भएको छ तर सीमापार समस्या समाधान गर्ने विषयका केही मुद्दामा दुई देशको मत मिलाउने प्रयास भइरहेको छ ।

सम्झौताको दस्तावेज वन तथा वातावरण मन्त्रालयमा पुगे पनि भारतले नेपालको तर्फबाट थप गरिएका केही बुँदापछि जवाफ नदिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुङ्गानाले बताउनुभयो । चीनसँग भने सन् २०१० मा सम्झौता भएर काम अगाडि बढेको छ ।

उहाँका अनुसार ठूला वन्यजन्तुको चोरी सिकार नेपालमा पछिल्लो समय फाट्टफुट्ट भए पनि एकसिङे गैँडाको चोरी सिकार ठ्याक्कै रोकिएको छ । उहाँका अनुसार केही दिनअघि दाङमा बाघ मारेर छाला र हड्डी भेटिएको पछिल्लो एउटा मात्र घटना हो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस