कोरोना भाइरसको संक्रमण चिनबाट आएका कसैमा भेटिएन : स्वास्थ्य मन्त्रालय

सफल खबर संवाददाता

शुक्रबार, ०९ फागुन २०७६, २२ : ५४
कोरोना भाइरसको संक्रमण चिनबाट आएका कसैमा भेटिएन : स्वास्थ्य मन्त्रालय

file photo

काठमाडौं । कोरोना भाइरसको संक्रमण चिनबाट उद्धार गरि ल्याईएकाहरुमा नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले केही दिन अघि मात्र कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै चिनबाट १ सय ७५ जना नेपालीलाई हवाईजहाजबाट उद्धार गरि स्वदेश फर्काएको थियो ।

उनीहरुलाई खरिपाटीमा राखिएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार १ सय ७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरु जांचमा कोरोना भाइरसका लागि रियल टाइम आरटी–पीसीआरबाट परीक्षण गर्दा कुनै पनि नमुनामा  नोवल कोरोना भाइरस ) नभेटिएको प्रवक्ता श्रेष्ठद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘यसले नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय ज्यादै खुसी भएको र अब, क्वारेन्टाइनमा बसेको १४ औं दिनपछि पनि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटीभित्रको स्वावको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर परीक्षणसमेत हुनेछ ।‘