बाँस्कोटा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्वीजरल्याण्ड दूतावासको दावी

विहीबार, ०८ फागुन २०७६, १७ : ४४
बाँस्कोटा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्वीजरल्याण्ड दूतावासको दावी

काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको विवादमा मुछिएको समाचार आएसँगै स्वीजरल्याण्ड राजदूताबासले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ । 

बाँस्कोटा र स्वीट्जरल्याण्डका एजेन्ट भनिएका विजय प्रकाश मिश्रबीचको कमिसन सम्बन्धी वार्तालापको अडियो बाहिरिएसँगै सो सम्बन्धमा आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै दूताबासले प्रेस विज्ञप्तिमार्फत दावी गरेको हो । 

उक्त समाचार प्रति आफ्नो नाम समेत जोडिएर आएको भन्दै नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस