सञ्चारमन्त्रीको कमिसन काण्ड लेख्न किन डराए ठूला मिडिया ?

फोन उठाउँदैनन सञ्चारमन्त्री !

सफल खबर संवाददाता

विहीबार, ०८ फागुन २०७६, १० : ५८
सञ्चारमन्त्रीको कमिसन काण्ड लेख्न किन डराए ठूला मिडिया ?

काठमाडौं । सामान्यतयाः सञ्चारमाध्यमले जे देखे, भोगे त्यही लेख्छन भन्ने मानिन्छ । सत्य, तथ्य, विश्वसनिय रुपमा सन्तुलित भई समाचार लेख्ने र प्रकाशन तथा प्रसारण गर्ने काम सञ्चारमाध्यमले गर्छन् भन्ने आम बुझाई छ ।
अझ ठूला सञ्चारमाध्यमले आफुलाई व्यवसायिक पत्रकारिताको पहरेदार झैं समाचारमा सौदाबाजी गरिदैंन भनेर दाबी गरिएको हुन्छ । सामान्य केही घटना भएपनि प्रेस स्वतन्त्रता माथीको हनन भन्दै वक्तब्य बाजीमा समेत ठूला सञ्चार माध्यमका सम्पादकहरु लागिपरेका हुन्छन् ।

पत्रकारले तलब नपाएको विषयमा कुरा उठाउँदैनन, तर न्यूनतम तलब दिनुपर्छ भनेर बोल्दा र त्यो अनुसार कानुनले कस्न खोज्दा सम्पादकहरुलाई प्रेस स्वतन्त्रता हनन गर्न खोजेको भन्दै टाउको दुखाई बन्छ । एउटा देशका मात्र होइन, विश्वका सर्वहारा श्रमिक जनताका केन्द्र ठानिएका माओत्सेतुङको फोटोलाई लगत अर्थ लाग्ने गरी प्रकाशन गरिन्छ, अझ दुःखमा रहेका देशका महाने नेतालाई होच्याउने र गलत सन्देश दिने गरी तस्वीरहरु गलत अर्थले प्रयोग गरिन्छ, त्यसको खण्डनमा सम्बन्धित देशको दुतावासले वक्तब्य दिन्छ, त्यसमा ठूला भनिएका सञ्चारमाध्यमका सम्पादकका नजरमा प्रेस स्वतन्त्रता हनन हुन्छ । ठूला ठूला आवाजमा नारा घन्काइन्छ ।

तर जब समाचार दिने विषय आउँछ, तब त्यस्तो बेला यस्ता सञ्चार माध्यमभित्र ठूलै खालको कमिसन चल्न, समाचार पत्रकारले लेखेपनि प्रकाशन, प्रसारण हुदैंन भन्ने ज्वालन्त उदाहरण ठूला मिडियाले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन काण्डमा देखाएको रवैयाले पुष्टि गर्छ ।

हाम्रा कुरा डटकमले सार्वजनिक गरेको सञ्चारमन्त्रीको कमिसन काण्डको अडियो ठूला भनिएका दैनिक पत्रिकासम्म पुगेको थियो । कान्तिपुर, अन्नपूर्ण, नयाँ पत्रिका र नागरिकसम्म पनि यो अडियो पुगेको र आफुृले दिएको अडियो सार्वजनिक गर्नेले बताएका छन् । तर दैनिक पत्रिकाले यो समाचार लेख्न डराएको नयाँ पत्रिकामा कार्यरत पुष्प ढुंगानाको एउटा स्टाटसले देखाउछ । उनले सामाजिक सन्जाल फेसवुक र ट्विटरमा यस्तो लेखेका थिए ।

ठूला सञ्चारमाध्यमा आफुसँग सम्बन्धित मन्त्रालयका मन्त्रीको अडियो काण्ड भएकाले लेख्न डराएका हुन् । प्रधानमन्त्री ओलीका विश्वासप्राप्त मन्त्री गोकुल बाँस्कोटा हुन् । प्रधानमन्त्रीले आफना मान्छेलाई जोगाउन कतिसम्म गर्छन भन्ने उदाहरण महासचिव विष्णु पौडेल काण्डमा देखेका सञ्चार गृहले यस काण्डमा पनि बाँस्कोटाको बचाउ गर्ने ठानेपछि ठूला सञ्चारमाध्यमले रिसइवी साँध्ने आँट नगरेका हुन् ।

‘छोडिदिउ, अहिलेलाई गोकुलको यो काण्डको समाचार लेख्न,’ एक दैनिक पत्रिकाका सम्पादकको निर्देशन पछि समाचार नलेखेको बताउने एक पत्रकारले भने,–‘सम्पादकहरुले नै समाचारमा सेन्सर गरेकाले समाचार त्यसपछि लेखिएन, तर काण्ड सार्वजनिक भयो, अहिले एउटाले लेखेन भनेर समाचार रोकिने अवस्था छैन् ।’

फोन उठाउँदैनन सञ्चारमन्त्री
कमिसन काण्ड पछि सञ्चारमन्त्री गोकुल बा“स्कोटा भने सम्र्पकमा आउन चाहिरहेका छैनन् । सफलखबरले समेत उनलाई पटक पटक सम्र्पक गर्न खोज्दा पनि सम्र्पकमा आउन चाहिरहेका छैनन् । मन्त्री बाँस्कोटाको माबाइलमा घण्टी गएपनि फोन उठाउन चाहिरहेका छैनन् । उनको निजी सचिवालयकाले पनि यस विषयमा सम्र्पक गर्न खोज्दा फोन उठाईरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस