काठमाडौं । प्रधानमन्त्री केपी ओलीका विश्वासप्राप्त सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसनको अडियो सार्वजनिक भएपछि नेताहरुका प्रतिक्रिया आउन थालेका छन् ।
नेपाल ट्रष्टको १७३ रोपनी जग्गा ब्यक्तीका नाममा दिन नीतिगत निर्णय गराएको जस्ता आरोपमा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई माथी समेत छानविनको तयारीमा रहेको भनिएका सरकारकै प्रवक्ताको कमिसन काण्ड बाहिरिएपछि सबैभन्दा पहिले डा. भट्टराईले नै प्रधानमन्त्रीमाथी कटाक्ष गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई ट्वीट् गर्दै पुर्व प्रधानमन्त्री समेत रहेको भट्टराईले समाजिक सन्जाल ट्वीटरमा भनेका छन् : अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम ज्यू ! यही हो ‘भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ’ भनेको ?
त्यसो त हिजो मात्रै पनि भट्टराईले प्रधानमन्त्री ओलीलाई नै ट्वीट गर्दै सेतोपाटीको समाचार शेयर गर्दै भनेका थिए : ‘देशको प्रम ले नै संसदमा सरासर झुटो वक्तव्य दिएपछि कतिपय मिडियाले त्यसलाई जानेर वा नजानेर दोहो¥याउनु स्वाभाविक हुन्छ ! अनि हिट्लरको प्रचारमन्त्री गोयबल्सले भने झैं झुटो कुरा सय पटक दोहोया¥एर पछि साँचो लाग्न थाल्छ, अतः मातातीर्थका जोताहा र मोहीको जग्गाबारे यी तथ्य बुझौ !’
त्यस्तै राप्रपा अध्यक्ष कमल थापाले सञ्चारमन्त्रीलाई तत्काल पदबाट हटाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीलाई सुझाव दिन्छु भन्दै यस्ता ब्यक्तीलाई हटाई तत्काल छानविन गर्न माग गरेका छन् ।
‘प्रम ज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु, यस व्यक्तीलाई तत्काल हटाउनु होस् र आवश्यक छानबिन गर्नुहोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०७६, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोकुल बास्कोटाको टिप्पणी– 'म तपाईँजस्तो चरम अवसरवादी पात्र होइन'
चिनियाँ कम्युनिस्ट पार्टीको शैलीलाई नक्कल गर्ने प्रयास ‘सुपरफ्लप’ : गोकुल बाँस्कोटा
‘लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ’ : गोकुल बास्कोटा
लोकप्रिय छौँ भन्दाभन्दै नेताको मात्रै प्रिय भइएछ: गोकुल बास्कोटा
‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन' : गोकुल बास्कोटा
गोकुल बास्कोटाको ओली लक्षित टिप्पणी : 'पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन'