‘मेयर ढकालको आमरण अनसनले विकास निर्माण ठप्प हुनेमा माडीबासी चिन्तित’

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०७६, २३ : ००
‘मेयर ढकालको आमरण अनसनले विकास निर्माण ठप्प हुनेमा माडीबासी चिन्तित’

चितवन । माडीको समग्रमा विकासमा संघिय सरकारसगै स्थानिय सरकार लागिपरेको र विकास निर्माण तिब्र रुपले अगाडी बढेरहेपनि माडी नगरपालिकाका मेयर ठाकुर ढकालले आमरण बस्ने उदघोष प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटिले ध्यानाकर्षित भएको जनाएको छ ।

बुधबार साँझ नेकपाको नगर कमिटिले प्रेस विज्ञप्ती जारी गर्दै माडी–ठोरी हुलाकी सडक खण्ड अन्र्तगत माडी खण्डमा कालोपत्रे सडकको निर्माण, यही खण्डमा रहेका खोलाहरुमा पुल निर्माणका कामहरु धमाधम अगाडी बढिरहेको जनाएको छ ।

विज्ञप्तीमा पर्यटन विकास अन्र्तगत संघिय सरकारको तर्फबाट दर्जनौं पर्यटकिय गन्तव्यहरु मध्ये सोमेश्वर गढीं र प्रदेश सरकारको २० गन्तव्य स्थलहरु मध्ये बैकुण्ठेश्वरधामले बजेट प्राप्त गरि काम अगाडी बढाईसकेको छ ।

त्यसमा पनि माडीबासीको लागि सबै भन्दा बढी आवश्यक विद्युतियकरणको कार्य पनि यही वर्ष पुरा हुदैंछ । यति धेरै विकास निर्माणको काम अगाडी बढ्दा पनि समग्र विकास र निकासको काम पुरा नभएको भन्दै विज्ञप्तीमा चितवन राष्ट्रिय निकुञ्जको २०२९ को ऐन परिवर्तन बगही देखि बनकट्टा सम्मको रिउ कोरिडर निर्माण, माडी चक्रपथ लगायतका राष्ट्रिय ठुला आयोजनाहरुको माग राखि पार्टीको वाग्मती प्रदेश सचिवालय सदस्य एवं माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले घोषणा गरेको आमरण अनसनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आमरण अनसनको विषय आएसंगै पार्टीका केन्द्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री तथा सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानिय सरकारका प्रमुख, उपप्रमुख तथा माडी नगरकमिटिका प्रतिनिधिहरुलाई छलफलका लागि राजधानी बोलाई सक्नु भएकाले आमरण अनसनको औचित्य नभएको प्रष्टयाएको छ । सो छलफलबाट थप माडीको समग्र विकास तथा निकासमा टेवा पुग्ने जनाईएको छ ।

विज्ञप्तीमा निकुञ्जका ऐन तथा विकास निर्माणका लागि बजेटहरु पर्याप्त आईरहेकाले अनसनको आवश्यकता नरहेको औंल्याएको छ । यता माडीबासीले संघिय सरकारले माडीको विकासका लागि लागिपरेको भन्दै अनसनको अनावश्यक रहेको भन्दै यस्ता निरर्थक अनसनले समग्र माडीको विकास निर्माणमा ठेस लाग्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तीमा मेयर ढकाललाई घोषित आमरण अनसन स्थगित गर्न पनि आव्हान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस