काठमाडौं । प्रहरीको असईमा जागीर लगाईदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका-३ भुल्के बस्ने २२ वर्षीय बिजय वाग्लेलाई झापा मेचीनगर नगरपालिका-६ बाट प्रहरीले पक्राउ गरेको छ ।
वाग्लेले प्रहरीको नक्कली परिचयपत्र देखाई सोलुखुम्बु र खोटाङका २ जनालाई केही समय अगाडिदेखि नै प्रहरीको असईमा जागिर लगाईदिन्छु भन्दै दुबै जनाबाट गरी १ लाख ५० हजार रुपैयाँ ठगी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वाग्लेलाई ठगी र सरकारी कागज किर्ते मुद्धामा जिल्ला अदालत झापाको अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०७६, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ
प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ