काठमाडौं । फागुन ४ गते ‘जनयुद्धको उद्गम स्थल’ रुकुमको चौरजहारीमा नेकपा निकट प्रेस संगठन नेपालको कर्णाली प्रदेशस्तरीय भेलाको आयोजना भएको थियो । प्रमुख अतिथि जनार्दन शर्मा थिए भने प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापा अतिथिका रुपमा उपस्थित भएका थिए ।
नगरपालिका परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकार थापाले मन्तव्यको ‘जनयुद्ध दिवस’प्रति आपत्ति जनाएका थिए । प्रमुख अतिथि जनार्दन शर्मा कार्यक्रममा ढिला उपस्थित भएका थिए । मन्तव्यको क्रममा सूर्य थापाले कड्किएर भने, ‘पार्टीले जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको हो । तर, यहाँ हामी आउँदा ‘जनयुद्ध दिवस’ को ब्यानर देख्यौं । पार्टीको निर्णय तलदेखि माथिसम्म एउटै हुनुपर्दैन ? के यहाँ अलग्गै पार्टी छ ?
अन्तिम तेस्रो वक्ताका रुपमा मञ्चमा पुगेका थापाले बोल्न शुरु गर्दासम्म प्रमुख अतिथि शर्मा मञ्चमा पुगेका थिएनन् । जनयुद्ध दिवस मनाउने निर्णय पार्टीले नगरेको भन्दै रुकुमको स्थानीय कमिटीप्रति थापाले असन्तुष्टि जनाए । थापाको असन्तुष्टिप्रति खैलाबैला हुन थाल्यो ।
थापाले जनयुद्ध दिवसप्रति असहमति जनाउँदै बोलिरहँदा मञ्चमा अध्यक्ष प्रचण्डका प्रेस संयोजकसमेत रहेका प्रेस संगठनका नेता विष्णु सापकोटा जुगल आक्रोशित बनिरहेका थिए । यतिक्कैमा प्रमुख अतिथि जनार्दन शर्मा कार्यक्रमस्थलमा आइपुगे । नेता जनार्दनले किन खैलाबैला भएको भन्नेकुरा सोधे ।
थापाले जनयुद्धविरुद्ध बोलेको भन्दै शर्मालाई सुनाएपछि मञ्चमै शर्मा जंगिए । उनले प्रधानमन्त्री केपी ओलीलाई आफैँले प्रधानमन्त्री बनाएको समेत दावी गरे । रुकुमबाट निर्वाचित सांसदसमेत रहेका शर्माले शहीदको अपमान हुने खालका अभिव्यक्ति सैह्य नहुने चेतावनी दिए ।
शर्माले बाहिर निस्किएर नेकपाको राजनीतिक प्रतिवेदन ल्याएर मञ्चमा २६ मिनेट बोल्दा अधिकांश समय थापाका अभिव्यक्तिको खण्डन गरेका थिए । उनले राजनीतिक दस्तावेज लेख्ने एक सदस्य आफू रहेको भन्दै त्यहाँ उल्लेखित जनयुद्धको योगदानको बुँदा पढेर सुनाए ।
‘यस्ता व्यक्तिहरु पार्टी एकता नचाहने हुन्’ भन्दै थापाको शर्माले नाम नलिई खोइरो खने । दुई नेताको जुहारी कडा रुपमा भएको खबर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसम्म पुगेको छ ।
शर्मा चौरजहारीको सो कार्यक्रमबाट पार्टीको कर्णाली भेलाको आयोजना गर्न सिधै सुर्खेत पुगेका थिए । प्रचण्ड, माधव नेपाल, विष्णु पौडेललगायतका नेता मंगलबार सुर्खेत पुगेका बेला यसबारे चर्चा भएको थियो । यस विषयमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसम्म पुगेर आपत्ति प्रकट गर्ने स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०७६, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा