काठमाडौं । आज १ बजेको प्रतिनिधिसभाको बैठकमा पूर्वसभामुख कृष्णबहादुर महरा सहभागि हुन पाएनन् । संसद सचिवालयको कर्मचारी रोशनी शाहीमाथि बलात्कार र हातपातको प्रयास गरेको आरोप लागेको महरालाई अदालतले बुधबार सफाइ दिएको थियो ।
अदालतले सफाई दिएपछि सासंदको हैसियतमा बैठकमा सहभागी हुन अझै केही दिन लाग्ने भएको छ। महरा बैठकमा सहभागी हुन जिल्ला अदालतको पूर्ण पाठ र सफाइपत्र संसद सचिवालयमा पठाउनु पर्ने हुन्छ । अदालतले पत्र नपठाएसम्म महरा बैठकमा उपस्थित हुन पाएनन् ।
जिल्ला अदालतले सफाइ दिएको र पूर्ण पाठको जानकारी संसद् सचिवालयमा गराएपछि महरा नियमित संसद बैठकमा जानेछन् । उक्त निलम्बन पद खुलाउन अदालतले सफाई पत्र पठाएपछि मात्र उनी बैठकमा सहभागि हुन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ