काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महरालाई सफाइ दिएर अदालत आफूहरु दुवै जनालाई न्याय गरेको बताएकी छिन् ।
सोमबार काठमाडौँ जिल्ला अदालतले बलात्कार प्रयासको मुद्दामा महरालाई सफाइ दिएपछि शाहीले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले भनिन्, ‘महरा सरकारले न्याय पाउनुभएको छ । मैले पनि न्याय पाएकी छु । अदालतको फैसलाबाट दुःख दिन खोज्नेहरु पराजित भएका छन् ।’
यस अघि महराले आफूलाई बलात्कार प्रयास गरेको भन्दै रोशनी मिडियामा आएपछि प्रहरीले महरालाई पक्राउ गरेको थियो । तर पछि रोशनीले बयान फेर्दै आएकी थिइन् । उनले आफूले मानसिक सन्तुलन गुमाएका बेला महरामाथि सो आरोप लगाए पनि त्यसयता लगातार घटना भएको होइन भनेर बयान दिँदै आए पनि महरालाई जेल हालिएको बताइन् ।
रोशनीले महरालाई आफ्नो कारण नभई राजनीतिक षडयन्त्रका कारण जेल हालिएको बताइन् । महरा आफ्नो अभिभावक भएकाले अब पनि महरासँगको पहिले जस्तै राम्रो रहने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०७६, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ