सुनको मूल्य स्थिर, चाँदीको वृद्धि

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०७६, १२ : १७
सुनको मूल्य स्थिर, चाँदीको वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी  सुनको ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

सोमबार चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार तोलामा ८८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस