सिलवालविरुद्ध किर्ते मुद्धा चलाउन राय

पत्रपत्रिकाबाट

विहीबार, ०३ फागुन २०७४, ०७ : ३०
सिलवालविरुद्ध किर्ते मुद्धा चलाउन राय

महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुर्वडीआईजी नवराज सिलवालविरुद्ध सरकारी छाप दस्तखत 'किर्ते' को मुद्धा चलाउन राय दिएको छ ।

सरकारले प्रकाश आर्यललाई आईजीपिमा नियुक्त गरेपछि त्यस निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेस गरेको सरकारी कागजातमा किर्ते गरेको आरोप उनीमाथि छ ।

काठमाडौं सरकारी वकिलको कार्यालयका प्रमुख सुर्य दाहालले राय अध्ययनपछि उचित निर्णय लिईने बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस