छुट्लान त पूर्व सभामुख महरा ?

महराको मुद्दाको आज अन्तिम फैसला आउने

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०७६, १० : १०
छुट्लान त पूर्व सभामुख महरा ?

file photo

काठमाडौं । सांसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा ३ महिना १८ दिन देखि जेलमा रहेका पूर्व सभामुख कृष्णवहादुर महराको मुद्दाको आज अन्तिम फैसला आउन लागेको छ । 

हिजो नै उनको मुद्दाको पक्ष-विपक्षका वकिलहरुको बहस सकिएपछि अन्तिम फैसला आउन लागेको हो । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख महरा विरुद्धको बलात्कारसम्बन्धी मुद्दाको फैसला आज सुनाउने गरी हेर्दाहेदैमा राखेको थियो । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ सकिएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले बहस गरेका थिए । त्यसपछि न्यायाधीश पौडेलले फैसला टाइपिङमा ढिलाइ भएकाले सोमबार फैसला सुनाउने भन्दै साँझ साढे ५ बजे अदालतबाट बाहिरिएका थिए । महराको अभियोगमा अहिले आरोपित महिला रोशनी शाहीले समेत आफुमाथी बलात्कार नभएको बारम्बार अभिव्यक्ति दिईरहेकी छिन् ।

महरालाई एमसीसी प्रकरणसँग जोडेर पनि उनको कमजोरीमाथी टेकेर फसाइएको आरोप पनि लाग्न थालेको छ । महराले संसदवाट वर्खे अधिवेशनमा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव फुल हाउसमा नल्याएको कारण उनीमाथी षडयन्त्रका साथ फसाइएको आरोप पनि एकाथरीले लगाईरहेका छन् ।

अदालतले आज गर्ने फैसलामा उनलाई निर्दाेष देखेमा उनी पून सांसदका रुपमा रहनेछन् । तर अदालतले उनको विपक्षमा उनलाई दोषी करार गर्दै जेल सजायाको फैसला सुनाएमा उनको सांसद पद गुम्नेछ । यसकारण पनि अदालतको फैसला चासोको विषय बनेको छ ।
 

प्रतिक्रिया दिनुहोस