बढ्यो सुनचाँदीको मूल्य

सफल खबर संवाददाता

आइतबार, ०४ फागुन २०७६, १२ : ३०
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

आइतबार चाँदी पनि रु ५ ले बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस