अपडेटः चीनबाट ५ नेपाली फर्किन नपाउने सम्भावना

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०७६, २२ : ०४
अपडेटः चीनबाट ५ नेपाली फर्किन नपाउने सम्भावना

काठमाडौँ । नेपाल फर्किने अन्तिम तयारीमा रहेका चीनमा रहेका १८५ नेपाली मध्ये ५ जना फर्किन नपाउने अवस्था आएको छ । उनीहरुमा ज्वर देखिएको र कोरोनाको आशंकामा विमानस्थलले बोर्डिङ पास दिएको छैन । १८० नेपाली अहिले विमानभित्र पसिसकेपनि उनीहरु ५ जना प्रवेश नपाएकाले के हुने भन्नेमा अन्यौल छ । 

नेपालीलाई उद्दारका लागि नेपाल वायुसेवा निगमको जहाज बुहान पुगिसकेको छ । 

चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेका छन् । 

 विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै एयरपोर्ट पुगेको बताइएको छ । तर १८५ जना नेपालीमध्ये ५ जनालाई विमानस्थलमा समस्या देखिन पुगेको हो ।


हेे

प्रतिक्रिया दिनुहोस