माओवादी सरकारमा सहभागी नहुने

पत्रपत्रिकाबाट

विहीबार, ०३ फागुन २०७४, ०७ : ०१
माओवादी सरकारमा सहभागी नहुने

माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो ।

एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बनाउने तयारी भईरहेबा बोल मन्त्रालयका विषयमा सहमति हुन नसकेपछि माओवादीले सहभागी नहुने बताएको छ ।

माओवादी केन्द्र मोरङ ईन्चार्ज कुशल  लिम्बुले मन्त्रालयमा कुरा नमिलेको भन्दै सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

उनले भने, सरकार गठन विषयमा बुधबार विराटनगरमा भएको छलफलमा कुरा नमिलेपछि सरकारमा सहभागी नहुने निर्णय गरिएको हो ।(नागरिक दैनिक)

प्रतिक्रिया दिनुहोस