प्रहरी जवानले आफैँलाई गोली हाने, रहस्यको खोजी

शुक्रबार, ०२ फागुन २०७६, १३ : ५४
प्रहरी जवानले आफैँलाई गोली हाने, रहस्यको खोजी

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन् ।

महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार आफैंलाई पेटमा गोली हानी गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए । उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिए ।

रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ,’ प्रहरी उपरीक्षक सिग्देलल भने । गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।रासस