अस्ताइन चितवनकी नायिका महिमा सिलवाल, बहिनीको इगेन्जमेन्ट गर्ने सपना अधुरै

सफल खबर संवाददाता

विहीबार, ०१ फागुन २०७६, ११ : ०२
अस्ताइन चितवनकी नायिका महिमा सिलवाल, बहिनीको इगेन्जमेन्ट गर्ने सपना अधुरै

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नं १२ स्थित शिवनगर घर भएकी नायिका महिला सिलवाल अब हामी माझ छैनन् ।  उनको सवारी दुर्घटनामा ज्यान गएको छ । नेपाली चलचित्रकी सफल नायिका महिमा सिलवाल सधैँको लागि हामीबाट अस्ताइसकेकी छन् । 

बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दियो । उनी गम्भीर घाइते भइन् । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अब उनलाई हामीले न म्यूजिक भिडियोमा देख्न पाउँछौँ, न पर्दामा । उनले सदाको लागि बिदा मागेकी छन् । 

काठमाडौंबाट बहिनीको इगेन्जमेन्टको लागि चितवन घर जानेक्रममा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दियो । 

घटनामा सो स्कुटरमा सवार बहिनी शर्मिला सिलवालको पनि निधन भएको प्रहरीले जनाएको छ । उनी बहिनी घरपरिवारलाई भेट्ने तीव्र इच्छाका साथ काठमाडौँबाट स्कुटरमा चितवन आइरहेका थिए । तर बाटैमा दुबैजना अस्ताएका छन् । घरपरिवारलाई भेट्ने सपना दुबैको अुधुरो रहेको छ । 

 गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा घटेको सो दुर्घटनाले महिमासहित उनकी बहिनीलाई समेत टिपेर लगेको छ ।
महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो । बहिनी शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो।

प्रहरीअनुसार घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एकआपसमा ठोक्किएको बताइएको छ । प्रहरीले बसर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

कारवाही सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेकी हु्न् महिमाले ।
सिनेमाका अलावा म्यूजिक भिडियो अभिनयमा पनि उनको सक्रियता थियो। महिमाले अप्रिल फुलु, चियर्सु, दानव जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।

नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गरेकी चर्चित नायिकाको मृत्युले यतिबेला चलचित्र क्षेत्र शोकमा डुबेको छ । नेपाली चलचित्रकी नायिका महिमा सिलवालको निधनले फेरि नेपाली सिने क्षेत्र फेरि उदास बनेको छ । 

घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अबका दिनमा कथा विषयवस्तु हेरेर सव्य चलचित्र मात्र अभिनय गर्छु’ भन्ने महिमाको अर्को सपना पनि अधुरो नै बनेको छ । 
 

प्रतिक्रिया दिनुहोस