काठमाडौँ । नेपाली सेनाले अध्ययन तथा तालिमका लागि एउटा हेलिकप्टर त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुलचोकलाई आज हस्तान्तरण गरेको छ ।
नेपाली सेनाको सर्भिस लाईफ पुरा भएको हेलिकप्टर र त्यससँग रहेको पाटपुर्जा आज हस्तान्तरण गरिएको हो ।
नेपालमै पहिलो पटक संचालन भएको एरोस्पेश ईन्जिनियरिंग अध्ययनमा व्यवहारिकज्ञानको लागि विभिन्न काल खण्डमा महत्वपूर्ण कार्यहरुमा प्रयोग भएको उक्त हेलिकप्टर तथा पार्टपूर्जाहरुले दक्ष जनशक्ति उत्पादनमा टेवा र्पुयाउने विश्वास सेनाको छ ।
रक्षा मन्त्रालयबाट स्विकृती भएबमोजिम हेलिकप्टर हस्तानतरा गरिएको हो । अध्ययन तथा तालिम प्रयोजनका लागि हस्तान्तरण गरिएको हो । सेनाले २०४७ सालबाट प्रयोग गर्दै आएको उक्त हेलिकप्टरले कुल चार हजार एक सय एक्काईस घण्टा उडान गरेको थियो । २०७५ चैत्र २ गते अन्तिम उडान गरेको थियो ।
यस प्रकारको कार्यले उक्त अध्ययन संस्थानबाट राष्ट्रको लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोगीसिद्ध हुने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ माघ २०७६, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह