सेनाले क्याम्पसलाई दियो हेलिकप्टर

सफल खबर संवाददाता

बुधबार, २९ माघ २०७६, २० : ३६
सेनाले क्याम्पसलाई दियो हेलिकप्टर

काठमाडौँ । नेपाली सेनाले अध्ययन तथा तालिमका लागि एउटा हेलिकप्टर त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुलचोकलाई आज हस्तान्तरण गरेको छ । 
नेपाली सेनाको सर्भिस लाईफ पुरा भएको हेलिकप्टर र त्यससँग रहेको पाटपुर्जा आज हस्तान्तरण गरिएको हो ।

नेपालमै पहिलो पटक संचालन भएको एरोस्पेश ईन्जिनियरिंग अध्ययनमा व्यवहारिकज्ञानको लागि विभिन्न काल खण्डमा महत्वपूर्ण कार्यहरुमा प्रयोग भएको उक्त हेलिकप्टर तथा पार्टपूर्जाहरुले दक्ष जनशक्ति उत्पादनमा टेवा र्पुयाउने विश्वास सेनाको छ ।

रक्षा मन्त्रालयबाट स्विकृती भएबमोजिम हेलिकप्टर हस्तानतरा गरिएको हो । अध्ययन तथा तालिम प्रयोजनका लागि हस्तान्तरण गरिएको हो । सेनाले २०४७ सालबाट प्रयोग गर्दै आएको उक्त हेलिकप्टरले कुल चार हजार एक सय एक्काईस घण्टा उडान गरेको थियो । २०७५ चैत्र २ गते अन्तिम उडान गरेको थियो । 
यस प्रकारको कार्यले उक्त अध्ययन संस्थानबाट राष्ट्रको लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोगीसिद्ध हुने विश्वास नेपाली सेनाले लिएको छ ।