कालापानीमा काम गर्न पाउँदैनन् नेपाली मजदुर

पत्रपत्रिकाबाट

बुधबार, २९ माघ २०७६, ०७ : ४९
कालापानीमा काम गर्न पाउँदैनन् नेपाली मजदुर

फाईल फोटो

दार्चुला । नेपाली भूमि कालापानी क्षेत्रमा आफूहरूले मजदुरी गर्न नपाएको दार्चुलाका स्थानीयले बताएका छन् । वर्षौंदेखि भारतीय सुरक्षाकर्मीको भारी बोक्नेलगायतका काम गर्दै आएका नेपालीले सीमा विवादको मुद्दा चर्किएपछि काम गर्न नदिएको गुनासो गरेका हुन् ।

नेपाल र भारतबीच विवादित भूमि कालापानीमा भारत सरकारले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । गतवर्षसम्म सयौँ नेपाली मजदुरले कालापानी क्षेत्रका विभिन्न गाउँमा गएर मजदुरी गर्ने गरेको भए पनि यो वर्ष सीमा विवादको मुद्दा चर्किएपछि भारतीय सुरक्षाकर्मीले नेपालीलाई गालीगलौज गर्ने गरेको व्यास गाउँपालिकाका स्थानीय जनक भट्टले बताए । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा राखेपछि सबै नेपालीले विरोध गरिरहेका छन् । गोरखापत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस