८ जना भारतीय पर्यटकको मृत्यु भएपछि पानोरमा रिसोर्ट निलम्बित

मंगलबार, २८ माघ २०७६, १७ : ३८
८ जना भारतीय पर्यटकको मृत्यु भएपछि पानोरमा रिसोर्ट निलम्बित

काठमाडौं । सरकारले मकवानपुरको थाहा नगरपालिका-४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई निलम्बन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी फच्र्युना इन्टरनेश्नल प्रालिको नाममा सञ्चालित सो रिसोर्टलाई ३ महिनासम्म होटल, रिसोर्ट तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ । 

तीन हप्ताअघि सोही रिसोर्टमा बसेका ८ भारतीय पर्यटकहरु बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।

निधन भएपछि छानबिन पश्चात रिसोर्टलाई मन्त्रालयले ३ महिनाका लागि निलम्बन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस