काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ ।
पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको महाशाखाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ माघ २०७६, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ