कांग्रेसको अवरोधका कारण तेस्रो दिन पनि संसद बैठक स्थगित

आइतबार, २६ माघ २०७६, १४ : ३३
कांग्रेसको अवरोधका कारण तेस्रो दिन पनि संसद बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक तेस्रो दिनपनि अवरोध गरेको छ । 

आइतबार दिउँसो १ बजेका लागि बोलाएको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरोध गरेका थिए । सांसदहरुले उभिएर अवरोध गरेपछि सभामुखले बस्न आग्रह गर्नुभएको थियो । सांसदको आग्रहसँगै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले बोल्न खोज्दापनि सभामुखले माइक खोल्नुभएन् । सामानयतयाः कार्यव्यवस्था परामर्श समितिमा बैठक अवरुद्ध हुने विषयमा जानकारी हुन्छ । र कसलाई बोल्न दिने भन्ने विषयमा समेत समझादरी बनेको हुन्छ । तर आज त्यसो हुन सकेन् । 

बालुवाटारस्थित ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै कांग्रेसले लगातार तेस्रो पटक बैठक चल्न नदिएको हो । सभामुख सापकोटाले आइतबार समेत गरी तीन पटक सम्म बैठक अवरुद्ध भएको बताउँद्ये बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सुचारु गर्न सहयोग गर्न कांग्रेसलाई आग्रह गर्नुभएको थियो । 

२ पटक संसदबाट प्रतिपक्षी दलले आफ्नो कुरा राखिसकेको भन्दै उहाँले आज बैठक सुचार गर्न गरेको आग्रह कांग्रेसले मानेन् । संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै उहाँले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने बताउनुभएको थियो । बारम्बार अनुरोध गर्दा पनि कांग्रेसले अवरोध नहटाएपछि सभामुख सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।