चितवन । चितवनको भरतपुर महानगरपालिका ५ नारायणपुरमा रहेको जीवन श्रेष्ठको रोयल फर्निचर उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा आएको छ । आगोलागी ९ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रवक्ता एक नारायण कोइरालाले बताए ।
नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीका सयौँ सुरक्षाकर्मी साथै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, कावासोती नगरपालिका र भरतपुर विमानस्थलको बरुणयन्त्र आगो नियन्त्रणमा खटिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।
सञ्चालक श्रेष्ठका अनुसार आज बिहान साढे ४ बजे आगलागी सुरु भएको हो । उद्योगका सुरक्षा गार्डले सञ्चालक श्रेष्ठलाई आगोलागीबारे जानकारी गराए लगत्तै प्रहरी र दमकललाई खबर गरिएको थियो । साढे ४ मा आगलागी हुनेबित्तिकै खबर गरे पनि दमकल पुग्न १ घण्टा लागेको श्रेष्ठले बताए ।
२०५६ सालमा स्थापना भएको सो उद्योगबाट पार्केट, प्mलोरीङ पार्केट, डेकुरेसनमा प्रयोग हुने काठका फर्निचरहरु उत्पादन हुँदै आएको थियो । उद्योगको मेसिनसहित तयारी फर्निचर र ठूलो परिमाणमा काठ जलेर नष्ट भएकाले करोडौंको क्षति भएको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ माघ २०७६, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी