चितवन । चितवनको भरतपुर महानगरपालिका ५ नारायणपुरमा रहेको जीवन श्रेष्ठको रोयल फर्निचर उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा आएको छ । आगोलागी ९ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रवक्ता एक नारायण कोइरालाले बताए ।
नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीका सयौँ सुरक्षाकर्मी साथै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, कावासोती नगरपालिका र भरतपुर विमानस्थलको बरुणयन्त्र आगो नियन्त्रणमा खटिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।
सञ्चालक श्रेष्ठका अनुसार आज बिहान साढे ४ बजे आगलागी सुरु भएको हो । उद्योगका सुरक्षा गार्डले सञ्चालक श्रेष्ठलाई आगोलागीबारे जानकारी गराए लगत्तै प्रहरी र दमकललाई खबर गरिएको थियो । साढे ४ मा आगलागी हुनेबित्तिकै खबर गरे पनि दमकल पुग्न १ घण्टा लागेको श्रेष्ठले बताए ।
२०५६ सालमा स्थापना भएको सो उद्योगबाट पार्केट, प्mलोरीङ पार्केट, डेकुरेसनमा प्रयोग हुने काठका फर्निचरहरु उत्पादन हुँदै आएको थियो । उद्योगको मेसिनसहित तयारी फर्निचर र ठूलो परिमाणमा काठ जलेर नष्ट भएकाले करोडौंको क्षति भएको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ माघ २०७६, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते