काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ।
आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बिहीबार बसेको बैठक अवरोध गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्न अगाडि बोल्दै थिए। लगत्तै कांग्रेसका सांसद उठे र सभामुखले कांग्रेसका सांसद मिनबहादुर विश्वकर्मा बोल्न समय दिए।
शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको आरोप लगाए । आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उनको दाबी छ ।
हजार दोषी छुटुन् तर एउटा निर्दोष नपरुन् भन्ने न्यायको सिद्धान्त भए पनि ललिता निवास प्रकरणमा उल्टो भएको उनले बताए । सांसद मीनले भने, ‘यहाँ एउटा निर्दोषलाई पक्रिएर सारा कसुरदारलाई उन्मुक्ति दिने पद्दतीको थालनी भयो, त्यसमा कांग्रेसको गम्भीर आपत्ति छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ माघ २०७६, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस