काठमाडौं । सरकारले चीनबाट अझै विद्यार्थी ल्याउन सकेको छैन । सरकार ल्याएका विद्यार्थीहरुलाई राख्ने ठाउँ पाइरहेको छैन ।
यसैबीच समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्दार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाउनु दुखद भएको बताए । बैठकमा उनले भने, ‘सभामुख महोदय संसद भवन नै खाली गरौँ, चीनबाट ल्याउने नेपाीलाई कहाँ राख्ने त ? सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ तर तर ठाउँ नै पाएको छैन ।’
संसद भवन खाली गरेर विद्यार्थी राख्ने अनि बाहिर पालमा संसद चलाउन सकिने उनले बताए । सांसद यादवले चीनमा रहेका विद्यार्थीलाई लिन जहाज कहिले उड्छ भनी प्रश्नसमेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ माघ २०७६, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास