काठमाडौं । सरकारले चीनबाट अझै विद्यार्थी ल्याउन सकेको छैन । सरकार ल्याएका विद्यार्थीहरुलाई राख्ने ठाउँ पाइरहेको छैन ।
यसैबीच समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्दार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाउनु दुखद भएको बताए । बैठकमा उनले भने, ‘सभामुख महोदय संसद भवन नै खाली गरौँ, चीनबाट ल्याउने नेपाीलाई कहाँ राख्ने त ? सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ तर तर ठाउँ नै पाएको छैन ।’
संसद भवन खाली गरेर विद्यार्थी राख्ने अनि बाहिर पालमा संसद चलाउन सकिने उनले बताए । सांसद यादवले चीनमा रहेका विद्यार्थीलाई लिन जहाज कहिले उड्छ भनी प्रश्नसमेत गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ माघ २०७६, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?