काभ्रे । तीन दिनको अवधिमा पाँचखालमा चितुवाले ८ जनालाई आक्रमण गरेको छ । ३ जनाको अवस्था गम्भीर छ । प्रतिकारमा स्थानीयले चितुवा मारेका छन् ।
पाँचखाल–६ का वडाध्यक्ष रामशरण दुलालका अनुसार सो वडाका अर्जुन श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, बैकुण्ठ कायस्थ, लक्ष्मी श्रेष्ठ, भीमकुमारी सत्याल, सरस्वती कायस्थ र कुमार विकलाई चितुवाले आक्रमण गरेको थियो । धुलिखेल–११ का नारायणप्रसाद बडाल पनि चितुवाको आक्रमणमा घाइते भएका छन् ।
दुलालका अनुसार शनिबार बिहान मुख धुँदै गर्दा चितुवाले कायस्थलाई आक्रमण गरेको थियो ।आइतबार स्कुल जाने क्रममा कुमार विक चितुवाको निशानमा परेका थिए । सोमबार अरु ६ जनालाई आक्रमण गरेपछि स्थानीयले प्रतिकार गर्दा चितुवा मरेको थियो ।
मृत चितुवा डिभिजन वन कार्यालय ल्याएको सहायक वन अधिकृत चिरञ्जिवी थापा मगरले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ माघ २०७६, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
पाल्पामा मृत भेटियो चितुवा