काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठिन कार्यदलले काम शुरु गरेको छ । पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको आज बसेको बैठकमा एमसिसी सम्झौतासम्बन्धी के कस्ता विषय अध्ययन गर्ने भन्नेबारे छलफल भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ ।
आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले एमसिसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हुनुहुन्छ । एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न रु ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ । समितिले १० दिनभित्रमा पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने