काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । पटवाल गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
उनले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् ।
विश्वकप लिग टूमा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुनेछ ।
नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० माघ २०७६, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै