सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सफल खबर संवाददाता

सोमबार, २० माघ २०७६, १२ : ११
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमाबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य भने सोमबार घटेको छ । आइतबार तोलामा ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस