उपाध्यक्ष भएलगत्तै वामदेवले एकैसाथ किन भेटे 'ओली– प्रचण्ड' ?

उपाध्यक्ष भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेर वामदेव गौतमले बालुवाटारमा नेकपाका अध्यक्षद्वय ओली–प्रचण्डसँग खुसी साटासाट

सफल खबर संवाददाता

सोमबार, २० माघ २०७६, १० : २९
उपाध्यक्ष भएलगत्तै वामदेवले एकैसाथ किन भेटे  'ओली– प्रचण्ड' ?

काठमाडौं । नेकपाको केन्द्रीय समितिले नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष निर्वाचित गरेको छ । गत असोजमै सचिवालयले उनलाई उपाध्यक्ष बनाउने, अध्यक्षहरुको अनुपस्थितीमा अध्यक्षको अधिकार, कर्तब्यको प्रयोग र पालना गर्ने, अध्यक्षलाई सघाउने र केन्द्रीय कमिटिले तोकेका अन्य कार्य गर्ने गरी केन्द्रीय समितिबाट अनुमोदन गर्ने गरी उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

सचिवालयले गरेको त्यो निर्णय कार्यान्वयनमा आउन गौतमले ४ महिना कुर्नुप¥र्यो । पार्टीभित्र स्थायी समिति र केन्द्रीय समितिको बैठक बस्न नसक्दा गौतमलाई उपाध्यक्ष बन्ने बाटोमा तगारो लागिरहेको थियो । अन्ततः १५ देखि १९ माघसम्म चलेको केन्द्रीय समिति बैठकले केन्द्रमा पार्टी उपाध्यक्षको पद सिर्जना गर्ने गरी विधान संसोधन मात्र गरेन, त्यसमा सचिवालयकै निर्णयका आधारमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णयलाई पनि सर्वसम्मत रुपमा पारित गरेको थियो ।

पार्टीमा उपाध्यक्ष निर्वाचित भएपछि गौतमलाई दुवै अध्यक्षले बालुवाटारमा निम्तो दिई आइतबार नै भेटघाट गरेका छन् । प्रधानमन्त्रीले पार्टी नेता तथा सांसदहरुलाई दिएको रात्री भोज अगाडी र पार्टी वैठक सकिए लगत्तै गौतमलाई बालुवाटारमा दुई अध्यक्षले भेटघाट गरेका हुन् । 

अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले साँझ ५ बजेदेखि एक घण्टा छुटै भेट गरेका थिए । केन्द्रीय समिति बैठकवाट उपाध्यक्षमा सर्वसम्मत चयन भएपछि बैठक हलमै प्रधानमन्त्रीले प्रचण्ड र वामदेवलाई बालुवाटार आईहाल्न निम्तो गरेका थिए ।

त्यसपछि बैठक सकेलगत्तै प्रचण्ड र गौतम बालुवाटार पुगेका थिए । त्यसपछि भेट भएको थियो, तीन नेताका बीचमा झण्डै एक घण्टाको छलफल । त्यो छलफलमा दुवै अध्यक्षले गौतमलाई उपाध्यक्ष चयन भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । ‘जिम्मेवारी पार्टीभित्र नभएको गुनासो अब तपाई (गौतम)को रहेन्, महत्वपूर्ण जिम्मेवारी पाउनुभएको छ ।

संगठन विभागको प्रमुख हुदैंहुनुहुन्छ, आजबाट उपाध्यक्ष पनि बन्नुभएको छ,’ गौतमलाई प्रधानमन्त्रीले भनेका थिए, –‘अब त गुनासो गर्ने ठाउँ रहेन होला नी’, प्रधानमन्त्रीले सांसद पनि बनाउन खोजिएकै थिइयो, तर आफैंले राष्ट्रिय सभा संविधान संसोधन नभई जान्न भनेर अड्डी लिनुभयो, नलिएको भए अहिले सांसद पनि हुनुहुन्थ्यो, तपार्इ (गौतम) लाई चिठठै चिठठा पर्ने थियो अहिले,’ गौतमलाई प्रधानमन्त्रीको भनाई थियो ।

प्रचण्डले भने गौतमलाई पार्टीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गरेका थिए  । ‘अव का“धमा थप जिम्मेवारी आएको छ, यसलाई सचेतपूर्वक गम्भीर भएर त्यो जिम्मेवारी पूरा गर्नेतिर लाग्नुहोला,’ प्रचण्डको गौतमलाई आग्रह थियो । गौतमले पनि आफुले पाएको जिम्मेवारी गहनरुपमा निर्वाह गर्ने बताएका थिए ।

‘उपाध्यक्ष भनेको अध्यक्षहरुको सहयोगी पनि हो । छा“या पनि हो । म अब यही भूमिका निर्वाह गर्छु । अब पार्टी विवादमा नपर्नेगरी ट्याक ट्याक निर्माण गरेर अगाडी बढ्नेछु । त्यसमा मेरो भूमिका रहन्छ । पहिले जस्तो अब मैले आफुलाई मन लागेको कुरा मात्र गरेर हिडन पाउदिन् । यसमा सचेत छु । जिम्मेवारीमा गम्भीर भएर लाग्छु ।’ गौतमले दुई अध्यक्षसामु भनेका थिए ।

पार्टीका दुवै अध्यक्षस“ग खुसी साटासाट गरेपछि गौतम बालुवाटारमै प्रधानमन्त्रीले आयोजना गरेको रात्री भोजमा सहभागी भई निवास फर्केका थिए ।