चार जहाज, तीन पाइलट

पत्रपत्रिकाबाट

बुधबार, ०२ फागुन २०७४, ०७ : ०४
चार जहाज, तीन पाइलट

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौंमा अवतरण गरेको छ । आजको कारोबारमा खबर छ ।

यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः दुईवटा यस्तै जहाज ल्याएको छ ।

चारवटा जहाजका लागि कम्तीमा अाठ जना क्याप्टेन आवश्यक भए पनि हाल निगमसँग ४ वटा वाई–१२ ई जहाजका लागि ३ जनामात्र क्याप्टेन छन् ।

जहाज सेड्युल उडानका लागि चार जहाजमा लागि कम्तीमा पनि ८ जना क्याप्टेन चाहिन्छ। चिनियाँ जहाजको मुख्य समस्या नै जनशक्ति अभाव हुुँदै आएको छ ।

निगमले भने तत्काल यस्तो समस्या  देखिए पनि चाँडै जनशक्ति व्यवस्थापन हुने दाबी गरेको छ । ‘चीनबाट छिट्टै ३ जना क्याप्टेन ल्याउँदैछौं, त्यसपछि वाई –१२ ई ले राम्रो उडान गर्ने अपेक्षा छ’ निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने। चिनियाँ पक्षले स्पेयर्स पार्टस र पाइलटको समस्या समाधान  गर्ने प्रतिबद्धतापछि थप जहाज ल्याइएको कंसाकारले बताए ।

प्रतिक्रिया दिनुहोस