सन्तानको आशमा सन्तानेश्वर मन्दिरमा एक हजारले बाले ठाडो बत्ती

पत्रपत्रिकाबाट

बुधबार, ०२ फागुन २०७४, ०७ : ०२
सन्तानको आशमा सन्तानेश्वर मन्दिरमा एक हजारले बाले ठाडो बत्ती

पश्चिम लमजुङको करापुटारस्थित इशानेश्वर ९सन्तानेश्वर० महादेव मन्दिरमा शिवरात्रिका दिन दिनभर दूध चढाउने र रात भर ठाडोबत्ती बाल्नेहरुको भिड लाग्यो । हजारौँ भक्तजनले दूध चढाए भने ठाडो बत्ती बाले ।

अघिल्लो दिनबाट निराहार ब्रत बसी शिवरात्रिको दिन रातभर उठेर बत्ती बाल्दा मनले चिताएको पुग्ने र सन्तान प्राप्ति गर्ने विश्वास छ । बेलुकी ६ बजेबाट बिहान ६ बजेसम्म उठेर बत्ति बाल्नुपर्छ । आजको नयाँ पत्रिकामा खबर छ ।
लमजुङको मध्यनेपाल नगरपालिका –७ मा रहेको करापुटार इशानेश्वर महादेव मन्दिर शिवरात्रिको दिन काठमाडौंको पशुपतिनाथपछि धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थलको रूपमा परिचित छ ।

इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्री घिमिरेका अनुसार यसवर्ष १ हजार बढीले ठाडो बत्ती बाले भने ३० हजार बढीले बसेर बत्ती बाले ।

उनले भने, ‘ठाडो बत्ती बाल्ने र शिवरात्रिमा महादवेको दर्शन गर्न आउने भक्तजनको संख्या वर्षेनी बढ्दो छ । गएको वर्ष ८ सय जनाले ठाडो बत्ती बालेका थिए । यस वर्ष हजारभन्दा बढीले बाले ।’

अध्यक्ष घिमिरेका अनुसार शिवरात्रिका दिन इशानेश्वर महादेव मन्दिरमा ठाडो बत्ती बाल्दा सन्तान प्राप्ति हुने, पुत्र लाभ हुने र पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस