नैरोबी । चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
जिल्ला आयुक्त किप्पी वारीओबाले मोशी शहरमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने खतरा रहेको बताउनुभयो । उहाँका अनुसार घटना शनिबार दिउँसो भएको हो ।
“घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ, अरू केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ,” उहाँले एएफपीसँग भन्नुभयो ।
शनिबारीय साप्ताहिक प्रार्थनाका लागि भेला भएकाहरुको एकाएक भागदौड हुँदा च्यापिएर मृत्यु भएको वारीओबाले बताउनुभयो ।
तान्जानियाका मन्त्रीसमेत रहेका चर्चित पादरी बोनिफाक म्वाम्पोसाले प्रार्थनाको नेतृत्व गर्नुभएको थियो ।
उहाँले आफूलाई ‘ईश्वर दूत’का रुपमा व्याख्या गरिरहेका बेला भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ माघ २०७६, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु