माओवादी केन्द्रले २३औँ जनयुद्ध दिवस यसरी मनायो

पत्रपत्रिकाबाट

बुधबार, ०२ फागुन २०७४, ०६ : ५९
माओवादी केन्द्रले २३औँ जनयुद्ध दिवस यसरी मनायो

काठमाडौँ । यसपटक जनयुद्ध दिवसको संयोजन गरेको वाईसिएल नेपालले माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय कार्यक्रम राखेको थियो । कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे ।
साथै, पार्टीका नेता रामबहादुर थापा वादल, नारायणकाजी श्रेष्ठलगायत पनि थिए । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, जनसांस्कृतिक मञ्चका अध्यक्ष सरल सहयात्रीले पनि कार्यक्रममा धारणा राखे । अभिव्यक्तिका सार थिए, जनयुद्धलाई अब एउटा पार्टीको मात्र नभई सबै कम्युनिष्टको उत्सवक रूपमा तथा राष्ट्रिय पर्वका रूपमा मनाइनुपर्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

सोही कार्यक्रमलाई सम्बोधन गरेका माओवादी अध्यक्ष प्रचण्डले भने,‘नेपाल नयाँ क्रान्तिको युगमा रहेको भन्दै लक्ष्य पूरा गर्न ठूलो दायरा, धेरै जनता र धेरै कार्यकर्ता र धेरै ठूलो मलिलो जमिन चाहिएको छ । त्यसका निम्ति नेपालका सबै कम्युनिष्टहरू एक ठाउँमा ल्याउने र ति सबैको केन्द्र बनाउने भूमिका हामीले पूरा गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस