काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट काकडभिट्टातर्फ गइरहेको ना.६ ख ७९५ को जगदम्बा बस र चन्द्रगढी झापाबाट काठमाडौँतर्फ गइरहेको बा.५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान ७ः३० बजे ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनालाई इटहरीस्थित अस्पतालमा पठाइएको डीएसपी शर्माले बताए ।
दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत भएको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु