काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट काकडभिट्टातर्फ गइरहेको ना.६ ख ७९५ को जगदम्बा बस र चन्द्रगढी झापाबाट काठमाडौँतर्फ गइरहेको बा.५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान ७ः३० बजे ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनालाई इटहरीस्थित अस्पतालमा पठाइएको डीएसपी शर्माले बताए ।
दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत भएको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु