चितवन । चितवनमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पुर्बी चितवनको रत्ननगर नगरपालिका ३ तरकारी चोकस्थित पुर्ब पश्चिम् राजमार्गमा पुर्बबाट पश्चिम्तर्फ गैरहेको बा ४ ख ९५०९ नम्बरको बसले बिपरित दिसातर्फ जाँदै गरेको ना ३९ प १९२४ नम्बरको मोटरसाइकललाई गएराती सवा १२ बजे ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालकको राती उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
अन्दाजी ३० बर्सिय ती पुरुष ब्यक्ति मृतकको परिचय खुल्न नसकेको जनाइएको छ । बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु