काठमाडौं । नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै भारतमा सुविधा लिन खोज्ने एक गिरोहलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ ।
भारतको मध्यप्रदेश राज्यको उज्जैनमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको हो । नेपालको सरकारी नम्बर प्लेट भएको सवारी साधन लिएर पुगेका उनीहरु सरकारी सुविधामा ‘सर्किट हाउस’ मा बस्दै आएका थिए । उनीहरुले सरकारी सुविधाका तीन वटा कोठा बुक गराएको बताइन्छ ।
सर्किट हाउसका कर्मचारीलाई शंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी टोलीले उनीहरुसँग प्रारम्भिक सोधपुछ गर्दा आफू नेपाल सरकारको प्रतिनिधि रहेको बताएका थिए ।
प्रहरीले उनीहरुसँग आधिकारिक कागजात तथा परिचय पत्र माग गर्दा उनीहरुले भिजिटिङ कार्ड देखाएका थिए । प्रहरीले गम्भीर रुपमा अनुसन्धान गर्न थालेपछि उनीहरुले केही परिचय पत्रसमेत देखाएको बताइन्छ । ती परिचयपत्र नक्कली पाइएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार महावीरप्रसाद तोरडी, प्रमोद शर्मा र कुलदीप शर्मालाई पक्राउ गरिएको हो । तीमध्ये महावीरले आफू नेपालका उपराष्ट्रपतिको सांस्कृतिक सल्लाहकार भएको बताएका थिए भने प्रमोदले आफू पूर्व सल्लाहकार रहेको बताएका थिए । कुलदीपले भने आफूलाई निजी सचिवका रुपमा परिचय दिएका थिए ।
अनुसन्धानका क्रममा ती तीनैजना भारतीय नागरिक रहेको खुलेको छ । उनीहरु राजस्थानका बासिन्दा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेपाल सरकारसँग उनीहरुको कुनै सम्बन्ध नरहेको समेत खुलासा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ माघ २०७६, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ