काठमाडौँ । शुक्रबार देशको पूर्वी भूभाग लगायत मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भूभागमा आंशिक बदली रहनेछ भने पुर्वी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसै शुक्रबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ ।
यसैगरी शनिबार दिउँसो देशभर आशिंक देखि सामान्य बदली रहनेछ भने पाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भुभागमा भने हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। रातिको समयमा पनि मौसम दिउँसोको जस्तै हुनेछ ।
यता आइतबार दिउँसो पुर्वी तथा मध्य पहाडी भूभागमा आंसिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने देशभर मौसम सफा रहनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ माघ २०७६, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना