गैंडाकोट महोत्सवमा रसियन कलाकारको अश्लिल नाच, कसरी आइपुगे नेपाल ?

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, २१ : ३३
गैंडाकोट महोत्सवमा रसियन कलाकारको अश्लिल नाच, कसरी आइपुगे नेपाल ?

चितवन । ‘आफ्नै गौरव आफनै उत्सव’ नाराका साथ उद्योग बाणिज्य संघ गैंडाकोटले गरेको गैंडाकोट महोत्सवमा विदेशी कलाकारलाई नचाइएको छ । नचाउनुसम्म त सामान्य नै हो, तर अश्लिल नृत्य नै देखाइनुले भने आयोजनको नैतिकतामाथि नै प्रश्न चिन्ह खडा भएको छ । 

संघले रसियन कलाकारलाई अरबियन गीतमा नाङ्गो नचाएर नदी किनारमा रमिता देखाएको छ ।  नेपाली कलाकार ज्योति मगरलगायतको प्रस्तुतिलाई भड्किको भन्दै कमेन्ट गर्ने यो समाजले रसियन कलाकारको अश्लिल नाचमा भने मौनता देखाएको छ । अझ उदेकलाग्दो त के छ भने आयोजक पनि रसियन कलाकार ल्याएर नाङ्गै नचाउन पाउँदा बिजय उत्सव मनाएको जस्तो अनुभूत गरिरहेको छ । 

उनीहरुले नेपालमै पहिलो महान काम गरेको भन्दै प्रचारबाजी गरिरहेका छन् । नेपालि गीत संगीत र नेपाली कला र संस्कृतिको संरक्षणमा ध्यान दिनुको सट्टा मेला महोत्सवमा बिकृति भित्र्याउने काममा गैंडाकोट उद्योग बाणिज्य संघका पदाधिकारीहरु लागेको आरोप छ ।
यसले नेपाली कलाकार र कला संगीत माथिनै जटिल प्रहार भएको स्वयम् नेपाली कलाकारहरु बताउँछन् । 

चर्चित गायक भुवन प्यासीले महोत्सवमा रसियन कलाकार ल्याएर अरबी गीतमा अश्लिल ढंगले नचाउँदै नेपाली संस्कृति र कला संगीत माथि ठुलो बिकृति भित्र्याउने बताए । 
संस्कृति संरक्षणका नाममा महोत्सव आयोजना गरी आफ्नै कलाकारको गीत संगितलाई अवमूल्यन गरी बिदेशी कलाकारलाई अश्लिल ढंगले नचाउनु नेपाली समाजकै लागि ठाडो प्रहार भएको उनको भनाइ छ । 

यस्तो प्रवृत्ति नरोकिए आगामी दिनमा विकृति फैलनेतर्फ उनले सचेत गराए ।   त्यस्तै गायक तथा संगीतकार राजेन्द्र बजगाईले यो खालको रमिताले नेपाली संगीतमा ठुलो चिन्ता थपेको प्रतिक्रिया दिए । नेपाली समाजले नपचाउने नाच देखाएर समाजलाई नै बिकृतिको बाटोमा अगाडि बढाउन महोत्सवका आयोजकहरु लगेकाले प्रशासनले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ  । 

बजगाइले फेसबुकमा समेत आफ्ना असन्तुष्टिहरु ब्यक्त गरेका छन् । 
यस्तो गलत प्रवृत्ति नरोकिए समाजलाईनै खराव बाटोमा लाने भन्दै उनले गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको समेत ध्यानाकर्षण गराएका छन् । 

त्यस्तै गायक भुवन प्यासीले फेसबुक मार्फत यो गलत कामको पर्दाफास गर्नु पर्ने बताएका छन् । आयोजकले महोत्सवलाई ठेक्कामा दिएको आरोप लागेकोे छ ।  ठेकेदारले नै विदेशी कलाकार ल्याएर विकृति खडा गरी यहाँ रमिता देखाएको कतिपयको आरोप छ । रसियन कलाकार नेपाल

कसरी आए भन्नेबारेमा प्रशासन नै बेखबर छ ।  गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उद्योग बाणिज्य संघका पदाधिकारीले गरेका गलत कामको भागिदार उनीहरुनै हुनु पर्ने बताए । 
उनले उद्योग बाणिज्य संघ आफैले गर्ने कार्यक्रमका लागि नगरपालिकाले अनुमति दिएको तर रसियन कलाकार ल्याउने विषयमा नगरपालिकाले अनुमति नदिएको बताए ।

उद्योग बाणिज्य संघले महोत्सव ठेक्कामा दिएको भन्ने जानकारी आफूले पाएको बताउँदै उनले त्यस्तो भए कारबाही हुने बताए । कार्यक्रमको उद्धघाटन सत्रमा नेपाली काँग्रेसका महामन्त्री तथा संसद डा सशांक कोइराला प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस