गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालीका लागी गर्वको विषय : राखेप सदस्य सचिव सिलवाल

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, १९ : २९
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालीका लागी गर्वको विषय : राखेप सदस्य सचिव सिलवाल

चितवन । राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्य सचिव रमेस कुमार सिलवालले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्नु आफैमा गर्वको विषयमा भएको बताएका छन । भरतपुरमा चौथो इन्डो नेपाल गोजुरियो कराते डो च्याम्पीयनसिपको उद्घाटन गर्दै सिलवालले नेपाली खेल क्षेत्रमा एतिहासिक काम भईरहेको बताएका हुन । 

उनले नेपाली खेल क्षेत्रमा निक्कै धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए । नेपालमा अन्तराष्ट्रिय मापदण्ड अनुसारको एउटा पनि रंगशाला नभएको दुखद अवस्थाबाट माथी उठ्न अझै धेरै संघर्ष गर्नुपरीरहेको सिलवालको भनाई छ । ३५ हजार क्षमता भन्दा माथीकोलाई मात्रै रंगशाला भनिने अन्तराष्ट्रिय मापदण्ड रहेकाले नेपालमा एउटा पनि नरहेको बताए । 

धुर्मुस सुन्तली फाउण्डेसनले नेतृत्व लिएर भरतपुरमा बनाउदै गरेको रंगशाला ३० हजार क्षमताको छ भने काठमाण्डौको दसरत रंगशाला, पोखरामा बन्ने रंगशाला त्यो भन्दा कम क्षमताका छन । मुलुकमा एउटा पनि ठुला रंगशाला नभएको अवस्थामा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्नु आफैमा गर्वको विषयमा भएकाले सकेको सहयोग गर्न सवैलाई आग्रह पनि गरे । 

उनले आफुले नेपाली खेलकुद क्षेत्रको विकासमा बोल्ने भन्दा काम गरेर देखाउने प्रतिवद्धता जनाए । आफुलाई अहिलेनै कसैको सम्मान आवश्यक नरहेको बताउदै सिलवालले भने ‘बरु पछि देखिने काम गरेछु भने मात्रै सम्झनुहोला, अहिले काम गर्ने चरणमा छु ।’ 

निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला परिसरमा भोलीबाट सुरु हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट २ सय जना तथा भारतिय खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक पुस्प आचार्यले बताए । 

प्रतिक्रिया दिनुहोस